परमादेश जारी गर्ने पाँचैजनाले राजीनामा दिए हुन्छ : ओली

0
227

काठमाडौं : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्।

मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एकजनाले मात्र नभई पाँचजनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी गरेका हुन्।

‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ। न्यायाधीशहरू कसले के के गर्‍यो भनेर उधिन्न थालेका छन्। उधिन्दै जाँदा केके कुरा निक्लिन थालेको छ‚’ अध्यक्ष ओलीले भने‚ ‘परमादेश एकजनाले गरेको होइन। पाँचैजनाले गरेको हो। किन एकजनाको राजीनामा माग्नुहुन्छ, पाँचैजनाले राजीनामा गर्दा उपयुक्त होइन ररु तपाईंहरूको निर्णयको सुगन्ध दुर्गन्ध म भन्न चाहन्नँ।’

संविधानमै नभएको असंवैधानिक कदम चालेर एमालेविरुद्ध नाङ्गो नाच देखाएको आरोप लगाए। कानुनव्यवसायीहरूले कानुन र संविधान जान्नुपर्ने उनले टिप्पणी गरे। लोकतन्त्र र संविधानको रक्षा गर्ने अहिलेको प्रमुख दायित्व भएको अध्यक्ष ओलीले बताए।

SHARE