डहरे खोलाले बगाएको जिप बढीगाड खोलामा

0
365

कात्तिक ४,२०७८गुल्मीः कात्तिक १ गते डहरे खोलाले बगाएको जिप बढीगाड खोलामा बिहीबार साँझ देखा परेको छ ।
बुटवलबाट गुल्मीको वामी तर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्वरको बोलेरो जिपलाई सत्यवती गाउँपालिका वडा नम्वर ६ मा डहरे खोलाले बगाएको थियो ।
पानीको बहाव बढेका कारण केही दिन पछि मात्रै उक्त जिपलाई खोलाबाट निकालिने गुल्मी जिल्लाका प्रहरी उपरीक्षक(एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
जिपको क्षतीको विवरण भने अहिले नै भन्न नसकिने प्रहरीको भनाई छ ।

SHARE