बाढीपहिरोमा परी १०१ जनाको मृत्यु, ४१ बेपत्ता

0
290
फाइल फोटो

कात्तिक४,२०७८काठमाडौं : गत सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १०१ पुगेको छ ।

प्रहरीका अनुसार बाढीपहिरोमा परी प्रदेश १ मा ६० जना, बागमती प्रदेशमा एक जना, कर्णाली प्रदेशमा सात जना, लुम्बिनी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा ३१ जनाको ज्यान गएको छ।

यस्तै प्रदेश १ मा १९ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

बाढीको कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन्। ४९ वटा घर, आठ वटा गोठ, ६ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीको तथ्यांक छ।

SHARE