बाढीपहिरोबाट इलाममा ७ को मृत्यु‚ ११ बेपत्ता

0
333
फाइल फोटो

कात्तिक ३,२०७८इलाम :अविरल वर्षासँगै आएको बाढीपहिरोले इलाममा ७ जनाको मृत्यु भएको भने ११ बेपत्ता भएका छन्। यसैगरी जिल्लाका विभिन्न सडकखण्ड क्षतिग्रस्त भएका छन्।

इलामको फाकफोकथुम गाउँपालिका १ ठिङगेपुरमा २ जनाको मृत्यु भएको छ। पहिरो खसी नरबहादुर शेर्माको घर पुरिँदा घरभित्र रहेका ४ जना पुरिएकोमा स्थानीयले तत्काल बाहिर निकालेका थिए। नरबहादुर र उनका १८ वर्षीय छोरा खगेन्द्र शेर्माको उद्धार गरिएको छ। तीमध्ये २ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ३० वर्षीया बिना शेर्मा लावती र १४ वर्षीय आइतबहादुर राई छन्।​

फाकफोकथुमकै सल्लेरीस्थित नैनसिंह कटुवालको घर पहिरोले पुरिँदा ४ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ८६ वर्षीय नैनसिंह कटुवाल‚ ७५ वर्षीया रणजता थापा‚ १५ वर्षीया निशाना कटुवाल र १२ वर्षीय निश्चित कटुवाल छन्।

फाइल फोटो
यसैगरी सूर्योदय नगरपालिका(३ मेलबोटेमा पहिरोले घर बगाउँदा ४९ वर्षीया नारायणीदेवी मोतेको मृत्यु भएको छ। देउमाई नगरपालिका(२ बस्ने ५० वर्षीय दीपक आचार्य र उनकी श्रीमती ४५ वर्षीया सरिता आचार्यलाई खोलाले बगाई बेपत्ता भएकामा बुधबार सरिताको लास फेला परेको छ।

सूर्योदय न।पा।वडा नं।३ जिलगाउँस्थित घर पहिरोले बगाउँदा घरधनी विष्णुमाया तामाङ र उनका १७ वर्षीय छोरा विशाल तामाङको शव फेला भेटिएको प्रहरीले जनाएको छ।

माई न।पा। ३ बस्ने वर्ष २५ की तेजमाया राई बाख्रा चराउन गएका वेला वर्षाका कारण रूखको हाँगा भाँचिई घाइते भएपछि बी एन्ड सी अस्पताल झापामा उपचारकै क्रममा मृत्यु भएको छ।

माङसेबुङ गा।पा। ६ मा हरिप्रसाद राईको घर पहिरोले पुरिँदा घरमा रहेका ६ जनामध्ये हरिप्रसाद‚ उनकी श्रीमती रनसरी राई‚ निजको छोरीहरु कविता राई र हरिमाया राई बेपत्ता रहेका छन्।

फाकफोकथुम गाउँपालिका वडा नं। २ धार्नेखोप भन्ने स्थानमा यामबहादुर भट्टराईको गोठ पहिरोले बगाउँदा ४ वटा गाई, १० वटा खसी, २ वटा बाख्रा र २ वटा घर जोखिममा रहेको बताइएको छ।

फाइल फोटो
माङसेबुङ गाउँपालिका ६ स्थित प्रहरीचौकी साकफारामा पहिरो आएपछि सशस्‍त्र बेस क्याम साकफारामा सारिएको छ। इलाम नगरपालिका १० गोदकस्थित मेची राजमार्ग र सूर्योदय नगरपालिका(१० गुम्बाडाँडास्थित मेची राजमार्गमा भएको अवरोध प्रहरी चौकी तीनघरेबाट खटिएको टोलीले खुला गरेको छ। त्यसैगरी सूर्योदय नगरपालिका(८ मालुमस्थित फिक्कलबाट श्रीअन्तु जाने बाटोमा खसेको पहिरो पन्छाई बाटो सञ्चालनमा आएको छ।

यसैगरी इलाम नगरपालिका(४ छ्यारछ्यारेस्थित मेची राजमार्गमा बाटो मुनिबाट २२र२३ फिट लम्बाइ र २र२।५ फिट चौडाइ बाटो भासिएको छ।

मेची राजमार्गअन्तर्गतका अनगिन्ती स्थानमा पहिरो गई राजमार्गमा पूर्ण रूपमा अवरोध भएको प्रहरीले बताएको छ। प्रहरीले राजमार्ग सुचारु गराउन स्थानीय सरकार र सडक विभागसँग समन्वय गरिरहेको जानकारी दिएको छ।

फाकफोकथुम ५ लुम्दे बस्ने डिकबहादुर मुखियाको घर पहिरोले पुरेको छ। साथै सोही ठाउँ निवासी गोविन्द मुखिया र कुशल मुखियाको घर खतरामा रहेको प्रहरीले बताएको छ।

माङसेबुङ गा।पा। १ दोभानस्थित कच्ची सडकखण्डको देउमाई खोलामा रहेको पक्की पुल बगाएको छ। देउमाई न।पा।१ मेची राजमार्गअन्तर्गत कुखुरे भन्ने स्थानमा सडक भासिएको र सवारी साधन आवतजावत गर्न नसक्ने अवस्थामा रहेको छ।

SHARE