
कात्तिक २,२०७८काठमाडौं : चीन सरकारले नेपाललाई २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ।
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज भएको टेलिफोन वार्तामा यीले उक्त घोषणा गरेका हुन्। वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।






