
असोज२९,२०७९काठमाडौं : इटहरी २ निवासी वरिष्ठ मजदुर नेता ओम कोइरालाको निधन भएको छ। गएराति विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनलाई उपचारका लागि अस्ति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।
उपचारका क्रममा आइसियू आवश्यक परेकाले हिजो बेलुकी उनलाई विराटनगर लगिएको थियो। त्याग र निष्ठाका प्रतिमूर्ती पुराना कम्युनिष्ठ नेता कोइराला लामो समयदेखि मृगौला सम्वन्धी रोगबाट पीडित थिए।
२०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा जन्मिएका कोइरालाका श्रीमती चार छोरा र दुई छोरी छन्। उन शरीर दान गरेकाले आवश्यक प्रक्रिया पूरा गरेर दिउँसो १ बजे उनको निवासमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम गरिने बताइएको छ।












