कोरोनाबाट एकै दिन १४ जनाको मृत्यु

0
210

असोज२६,२०७८
काठमाडौं :कोरोना संक्रमणका कारण एकै दिन आज १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ६ सय १९ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ७९२ जना संक्रमित भेटिएका हुन।

यस्तै आज ९१० जना संक्रमितले कोरोनालाई जितेका छन भने हाल देशभर १४ हजार ५ सय ५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

SHARE