संघीय संसदका दुवै सदनको बैठक दिउँसो २ बजे बस्दै

0
355

असोज २५,२०७८काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। यस्तै‚ प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ‍‘मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाको कार्यशैलीमा असन्तुष्टि जनाउँदै नेकपा -एमालेले निरन्तर अवरोध गर्दे आएको छ।

यस्तै‚ राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो २ बजे नै बस्दैछ। बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै‚ प्रधानमन्त्री देउवाका तर्फबाट राष्ट्रिय दलित आयोग, मधेसी आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०७६ लाई फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालले जनाएको छ।रवारलाई ६ लाख राहत प्रदान

SHARE