लुम्बिनी सरकारले आ.व. २०७८÷०७९ को बजेट आज प्रस्तुत गर्ने

0
186

असोज २० बुटवल :
लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले आर्थिक वर्ष २०७८÷०७९ को प्रदेश सरकारको बजेट आज १ बजे सदनबाट पारित गर्ने निर्णय गरेको छ । बुधबार विहानै बसेको मन्त्री परिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताउनुभयो ।
प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षताा बसेको मन्त्री परिषद्ले तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको कार्यकालमा अध्यादेशबाट लिएकोलाई नीति, कार्यक्रम र बजेट मन्त्री परिषद्को बैठकले सरकारको सदनबाटै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएको छ ।
अघिल्लो प्रदेश सरकारले लिएको बजेट सम्वन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लग्ने भएको छ । जसमा प्रदेश सरकारको अर्थ समन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार दिन अधिकार सम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रबक्ता कृष्णध्वज खड्काले बताउनुभयो ।
यस्तै प्रदेश विनयिोजन विधेयक प्रदेश सभामा पेश गर्ने प्रदेश सरकाकेो अर्थ समन्धी प्रस्तावलाई कार्यन्वय गर्न विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गनै, प्रदेश सरकाकेो आव.व २०७८÷०७९ बजेट बक्तव्य प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्का बताउनुभएको मुख्यन्त्रीको प्रेश संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।

SHARE