राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

0
234
फाइल फोटो

असोज११,२०७८काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । राष्ट्रपति कार्यालयले सोमबार राति एक विज्ञप्तिमार्फत सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गरेको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८–०६–११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७८ खारेज गर्नुभएको छ’, ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

SHARE