एकीकृत समाजवादीले टुंग्यायो पदाधिकारी

0
296

असोज ०७,२०७८
काठमाडौं : एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ। बिहीबार बिहान बसेको सचिवालयको बैठकले पदाधिकारीको टुङ्गो लगाएको हो। नेकपा ९एस० का नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको हो ।

पाण्डेका अनुसार पार्टी महासचिवमा डा बेदुराम भुसालको नाममा सहमति जुटेको छ । त्यस्तै उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाम टुंगो लागेको छ । उपमहासचिवमा डा। विजय पौडेल, डा। गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन् ।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुने छन् । यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए ।

SHARE