विनियोजन विधेयक पारित

0
431
फाइल फोटो

असोज४,२०७८काठमाडौं :प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। असोज ७ गते बिहीबार दिनको २ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

अर्थमन्त्री शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३ प्रतिशत मात्रै प्रतिस्थापन गरेको प्रष्टीकरण दिएका छन्। बजेट पारित नहुँदा भदौ ३१ देखि सरकारको खर्च रोकिएको छ।

SHARE