एमाले चुनावको सामना गर्न तयार छ :शंकर पोखरेल

0
290
फाइल फोटो

भदौ३१,२०७८
काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका छन्।

सत्तारुढ दलहरुले गठबन्धन बनाएर एमाले सिध्याउँछौँ भनेको प्रति टिप्पणी गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले चुनाव घोषणा गर्न चुनौति दिँदै भनेका छन्, ‘गठबन्धन बनाएर एमाले सिध्याउँछौं भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ, एमाले त्यसलाई सामना गर्न तयार छ।’

गठबन्धन सरकारले दुई महिनामै संसद र सरकारको हुर्मत लिइसकेको पोखरेलको आरोप छ।

SHARE