३८ बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

0
65

भदौ२८,२०७८पर्वत : पैयुँ गाउँपालिकाका १७ वर्षीय किशोर बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनीमाथि ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार ती किशोरले गत वैशाख १५ गते बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ। पीडित भनिएकी महिलाका दाजुले उजुरी दर्ता गरेका हुन्। उजुरीमा खेतमा गएकी ती महिलालाई साँझ करिब पाँच बजे ती किशोरले बलात्कार गरेको दाबी गरिएको छ।
घटनाको विषयमा अनुसन्धान चलिरहेको छ ।

SHARE