कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

0
250

भदौ२४,२०७८काठमाडौंःबिहीबार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९ सय ३ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

आज १ हजार ८ सय ४५ जना कोरोनामुक्त भएका छन् भने ११ हजार ९ सय ४४ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

SHARE