सर्पको टोकाइबाट सोहना र स्वातीको मृत्यु

0
325

भदौ२३,२०७८ महोत्तरी :महोत्तरीको विभिन्न स्थानमा विषालु सर्पको टोकाइबाट २ बालिकाको ज्यान गएको छ।

मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी ४ वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी ७ वर्षीया छोरी सोहना खातुनको ज्यान सर्पको टोकाइबाट गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार गएराति दुवै बालिकालाई सर्पले डस्दा मृत्यु भएको छ।

SHARE