गुल्मीमा संक्रमितको लापरबाहीले कोरोना संक्रमण बढ्दो

0
370
संक्रमित र अन्य बिरामीहरु एउटै लाइनमा बसेर रिपोर्टको प्रतिक्षा गर्दै गर्दाको तस्बिर :सन्तोष महतरा

सन्तोष महतारा
भदौ४,२०७८ गुल्मीः गुल्मीमा कोरोना संक्रमितको लापरबाहीका कारणले गर्दा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएको पाइएको छ ।
गुल्मी अस्पताल तम्घासमा उपचार गराउन आउने बिरामीको एन्टिजेन विधिबाट गरिएको परीक्षणका कोरोना संक्रमणको पुष्टी भएपनि उनीहरुले लापरबाही गर्दा कोरोनाको जोखिम झनै बढ्दै गएको सामान्य उपचारका लागि मालिका गाउँपालिकाबाट गुल्मी अस्पताल आएका नर बहादुर कार्कीले बताए ।

बुधबार दिउँसो २ बजेसम्म गुल्मी अस्पतालमा कूल ३४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा २६ जनामा कोरोना नेगेटिभ र ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको गुल्मी अस्पतालका ल्याब टेक्निसियन लक्ष्मण पन्थीले बताए ।
बुधवार गुल्मी अस्पताल तम्घासमा उपचारका लागि आएका रेसुङ्गा नगरपालिका १० की ५० वर्षीया महिला, रेसुङ्गा नगरपालिका २ का २२ वर्षीया महिला, धुर्कोट गाउँपालिका ४ का २८ वर्षीय पुरुष, इ्रस्मा गाउँपालिका ६ की २५ वर्षीया महिला र मुसिकोट नगरपालिकाकी ६० वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।
त्यस्तै अर्घाखाँचीबाट उपचारका लागि गुल्मी अस्पताल आएका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । छत्रदेव गाउँपालिकाकी ३३ वर्षीया महिला, छत्रदेव गाउँपालिका ८ की २६ वर्षीया महिला र छत्रदेव गाउँपालिका ८ कै १९ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

उपचारका लागि गुल्मी अस्पताल आएका तर कोरोना परीक्षणपछि कोरोना भाइरसको संक्रमण पुष्टी भएका बिरामीले अस्पतालमा लापरबाही गरेपछि सामान्य उपचारका अस्पताल आएकाहरुलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै अन्य बिरामीले आक्रोश ब्यक्त गरेका थिए । कोरोना भाइरस संक्रमण पुष्टी भएका बिरामीहरु संक्रमण पुष्टी भएको रिपोर्ट पाएपछि पनि उनीहरु सामान्य बिरामी जस्तै गरी भीडभाडमा घुलमिल हुने, अस्पताल परिसरमा डुल्ने, अरुलाई कोरोना सानुपर्छ जस्तो नियत बनाएर क्रियाकलाप देखाएको भन्दै सामान्य उपचार गर्न आएका बिरामीहरुले गुनासो गरेका हुन् ।

पछिल्लो समय गुल्मीमा ग्रामीण क्षेत्रमा पनि धेरै मात्रामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । केही बिरामी सामान्य उपचारका लागि सदरमुकाम गुल्मी अस्पतालमा आउँदा त्यहाँ कोरोना संक्रमण पुष्टी भएकाहरुले लापरबाही गरेपछि उनीहरुको माध्यमबाट गाउँगाउँमा संक्रमण पुष्टी भएको गुल्मी अस्पतालमा उपचारका लागि आएका धुर्कोट गाउँपालिका वडा नम्बर ४ का इन्द्र पोखरेलले बताए ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले कोरोना परीक्षण गर्ने क्रममा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउनु परीक्षण गर्ने निकायको कमजोरी भएको बताए ।
साथै उनले कोरोना परिक्षण गर्ने क्रममा सम्भावित बिरामीहरुको जिम्मेवारीवोध नभएको भन्दै जिम्मेवारीवोध गराउन सम्बन्धित निकायको भूमिका पनि हुनुपर्ने उल्लेख गरे ।
परीक्ष्णपछि कोरोना भाइरसको संक्रमण पुष्टी भएकाहरुलाई परीक्षण गर्ने निकायसहित परिक्षण गरेको ब्याक्तिले पनि संक्रमितलाई तत्काल अलग गर्ने, परामर्श दिने र पालिकासँग समन्वय गरेर जानकारी गराउने लागयतका काम सम्बन्धित निकायबाट नभएको नागरिक समाज गुल्मीका अध्यक्ष प्रसाद पाण्डेको भनाई रहेको छ ।

गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले नागरिकस्तरको लापरबाहीका कारणले कोरोना संक्रमण दर बढेको बताए ।
गुल्मी अस्पतालले सामाजिक दुरी कायम गर्न निर्देशन दिने, मास्क लागाउन अनुरोध गर्ने र संक्रमण पुष्टी भएकाहरुलाई परामर्श दिइरहेको भन्दै कोरोनाको संक्रमणबाट बँच्ने सबै उपाय थाहा भएर पनि सर्वसाधरणबाट लापरबाही हुने गरेको स्पष्ट पारे ।
अस्पताल आएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टी भएमा स्ंवम बिरामी जिम्मेवार बन्नुपर्ने अनि उनीहरुले आफु संक्रमित छु, अरुलाई कोरोना सार्दिन, मास्क लगाउँछु, सामाजिक दुरी कायम गर्छु भन्ने भावाना नागरिकस्तरमा हुनुपर्ने गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याको भनाई रहेको छ ।
गुल्मीमा अहिले संक्रिय संकमितको संख्या ७७९ जना रहेका छन् भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५ रहेको छ ।

SHARE