ओलीलाई सुधार्ने प्रयास जारी छ :माधव नेपाल

0
406

साउन३०,२०७८काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति अनुसार एकताका लागि आफूहरु तयार रहेको उनको भनाइ छ।

नेता नेपालले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो। हाम्रो इच्छा र चाहना विभाजन होइन। तर, एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हट्नु हुँदैन। त्यो अन्तिम उपाय मात्रै हुनेछ।

पार्टी एकताको लागि अझै केपीलाई सुधार्ने प्रयास जारी राखेको उनले सुनाए। केपीले गरेको गलत निर्णय फिर्ता लिने र निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति भए पार्टी एकता हुने स्पष्ट पारे।

SHARE