टेलिफोन टावर बनाउन ५५ लाख रुपैयाँ

0
370
फाइल तस्विर

साउन२८,२०७८संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिकाले टेलिफोन टावर बनाउन ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

विद्युत् सेवा नपुगेको दुर्गम भोटखोलामा राखिएका बीटीएस टावरमा सोलारपावर जडान गरिएको छ। बीटीएस टावर सोलार पावरको भरमा मात्रै चल्ने गरेका छन्। सोलारपावर जडान गरिएको भोटखोलाको टावरमा घाम नलाग्दा बेलाबेला टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ।

भोटखोलाले टेलिफोन टावरसम्म विद्युत विस्तार गर्न ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। बीटीएस टावरसम्म विद्युत् विस्तार गर्ने चालू आर्थिक वर्षमा ५५ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष भोटेले जानकारी दिएका हुन्‌।

विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमअनुसार सेवा पाउने गरेका छन्। भोटखोला(२ मा रहेको माक्पालुङमा जडान टावरमा सोलारले काम नगरेपछि दुर्गम भोटखोलामा मोबाइलमा सम्पर्क विच्छेद भैरहने समस्या छ। ​भोटखोलामा सीडीएमए स्काइको सिममार्फत मोबाइल फोन संचालनमा छ।

गाउँपालिकाले विनियोजन गरिएको सो बजेट खर्च गरी चेपुवामा रहेको विद्युत माक्पालुङ डाँडाको टावरसम्म लगिने र पोल तथा तार लगायतमा खर्च गरिनेछ।

SHARE