साउन ६ गते बुधबार सार्वजनिक बिदा

0
426

साउन४,२०७८काठमाडौं: सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रबक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ’ उनले भने।

सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरूलाई धन्यवाद दिदैँ अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गरिएको पनि प्रवक्ता कार्कीले बताए।

‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी लगायत सबै मित्र राष्ट्रहरूलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ । उनले भने, सरकार अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्रराष्ट्रहरूलाई आव्हान गर्दछ ।’

SHARE