कार्यदलको बैठक भोलि साढे ११ बजे बस्ने गरी स्थगित

0
381

असार २४,२०७८काठमाडौं : बिहीबार बेलुकी बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरु भएको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको नेता माधवकुमार नेपाल समूहको कार्यदलका सदस्य घनश्याम भुसालले जानकारी दिए।

कार्यदलका सदस्यसमेत रहेका अर्थमन्त्री विश्णु पौडेलले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भएकाले बैठक बिनाकुनै निष्कर्ष टुंगिएको उनले बताए।

SHARE