नेकपा एमालेको बैठक भोलि फेरि बस्नेगरि सकियो

0
427

असार २१
काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ। भोलि फेरि दिउँसो १ बजे बस्नेगरि बैठक सकिएको कार्यदल सदस्य गोकर्ण विष्टले बताए।

पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक रूपमा प्रयास सुरु भएकाले बैठकले समाधानको विन्दु पहिल्याउन प्रयत्न गर्ने उनले बताए। शीर्ष तह पार्टी विभाजनको अवस्थामा पुगेको भए पनि एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र प्रयास जारी राखेका छन्।

माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एकतालाई जोगाउन लचिलो भएको भन्दै पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एकलौटी बैठक पनि राखेका थिए।

तर, नेपाल समूहले ओलीले राखेको बैठक अस्वीकार गरेपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए।

ओलीले हस्ताक्षर फिर्ता लिन दिइएको समय बितिसक्दा समेत नेता नेपाल समूह आफ्नो अडानबाट पछि हटेन। ओलीले पटक पटक संसद् विघटन गरेर संविधान र लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउँदै आएको नेपाल समूहले आफ्नो हस्ताक्षर फिर्ता नलिने अडान राखिराख्यो।

पार्टी अध्यक्ष नेतृत्वको सरकार बहिर्गमन गरेर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निस्क्रिय भएको कार्यदल दोस्रो तहका नेताहरूको दबाबको पुनः ब्यूँतिएको छ।

कार्यदलमा ओली तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन्। भने नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन्।

SHARE