बाढीले दुईवटा पुल बगायो

0
367

असार १८,२०७८ मकवानपुर :मकवानपुरगढी गाउँपालिकामा रहेको दुईवटा पुल बाढीले बगाएको छ। बुधबारदेखि परेको वर्षासँगै सामरी खोलामा आएको बाढीले बन्दै गरेको र सञ्चालनमा रहेको दुईवटा पुल बगाएको हो।

गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईंको अनुसार वडा नम्वर ३ र ५ को धादिङ र कालीखोलालाई जोड्ने निर्माणाधीन पुल सामरी खोलामा आएको बाढीले बगाएको हो। पाँच करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पक्की पुल बाढीले बगाएको उनले बताए।

त्यस्तै, सिमलटार र कालीवन जोड्ने फलामे पुल ज्यामिरे खोलाले बगाएको हुमागाईंले जानकारी दिए। गाउँपालिकामा रहेको अन्य खोलाहरुमा पनि पानीको बहाव बढेको र धेरै बस्तीहरु जोखिममा रहेको उनले बताए। ज्यामिरे खोलाले सोलिथुममा पनि क्षति पु¥याएको जानकारी आएको भन्दै त्यसतर्फ लागेको उनले बताए।

SHARE