लुम्बिनी सहित पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

0
321
फाइल फोटो

असार१८,२०७८ काठमाडौं :मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशको पहाडी भू(भागमा पहिरो र नदीनाला तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू(भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण अहिले देशभरको मौसम बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भीषण वर्षा तथा बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो पनि देशभर मौसम बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा हुने सम्भावना छ।

SHARE