जुनसुकै अवस्थामा पनि मूल्यको राजनीति त्यागिँदैन : माधव नेपाल

0
265

असार १६
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै अवस्थामा पनि मूल्यको राजनीति नत्यागिने बताएका छन्।

विपक्षी गठबन्धनले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किए पनि मूल्यको राजनीतिबाट पछि नहट्ने बताएका हुन्।

कार्यक्रमका सहभागीले एमाले जेठ २ मा फर्किँदा नेता नेपालको कदमबारे प्रश्न उठाएपछि उनले भने, ुयहाँ जेठ २ को कुरा आएको छ, जे(जे भएपनि मूल्यको राजनीति त्यागिँदैन म यत्ति भन्न चाहन्छु।’

राष्ट्र, जनता र समाजको परिवर्तनसँग जोडिएको मान्यता कुनै हालतमा नछाडिने उनको भनाइ थियो ।

उनले नेपालको व्यवस्था नै खतराउन्मुख रहेको भन्दै अहिलेको लडाइँ ओली प्रवृत्तिविरुद्ध रहेको पनि बताए। थाहाबाट

SHARE