सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

0
204
फाइल फोटो

जेठ३०,२०७८स्याङ्जा :स्याङ्जाको भालु पहाडबाट खसेको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ। सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो।

गए रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण फेदीखोला(२ को भालु पहाडबाट ठूलो चट्टानसहित पहिरो खसेको थियो।

दुवैतर्फ सवारीसाधन साविक आवतजावत हुन केही समय लाग्ने प्रहरीले जनाएको छ।

SHARE