विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

0
193

जेठ१८,२०७८काठमाडौं : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य गम्भीर भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

SHARE