विपक्षी गठबन्धनको बैठक अहिले सिंहदरबारमा

0
244
फाइल फोटो

जेठ ११
काठमाडौं : विपक्षी गठबन्धनको बैठक अहिले बसिरहेको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक बसिरहेको हो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित केहि सांसदहरु उपस्थित रहेको कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी दिइन्। विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्दै नेता नेपाललाई नेकपा एमालेले सोमबार साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका विपक्षीहरु अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन केन्द्रित भएका हुन्। रिट दायर भइसकेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न लागिएको नेतृ भुसालको भनाइ छ।

गठबन्धनका तर्फबाट १ सय ४६ सांसदले संसद पुनर्स्थापनासँगै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गरेका छन् । थाहाबाट

SHARE