राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन कांग्रेसले अरू दलसँग छलफल गर्ने

0
336

जेठ७,२०७८ काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुसँग छलफल गर्ने भएको छ।

सभापति शेर बहादुरदेउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले यसका लागि अन्य दलसँग छलफल गर्ने निष्कर्ष निकालेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो। काँग्रेसले यो सरकार बनेदेखि नै संविधानको मर्म र भावनामाथि प्रहार भइरहेको ठहर गर्दै गम्भीर ध्यानाकर्षण भएको नेता लेखकले बताए।

कांग्रेसले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वानलाई असंवैधानिक भएको भनेको छ। यस्तै, राष्ट्रपतिले नयाँ सरकार गठनका लागि समय दिएपछि दलहरु छलफलमा जुटेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड अहिले बुढानिलकण्ठ पुगेका छन्। प्रचण्ड देउवा निवास पुगेको र आगामी कदमबारे छलफल हुने नेता लेखकले जानकारी दिए।

SHARE