सप्तकोशी नगरपालिकाकी उपप्रमुख चौधरीको कोरोनाबाट निधन

0
451

जेठ४,२०७८ः सप्तरीको सप्तकोशी नगरपालिकाकी उप(प्रमुख आशा चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेकी उनको आज विहान साढे ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

उनका अनुसार ४० वर्षीया उपप्रमुख चौधरी ८ महिनाको गर्भवतीसमेत थिइन्। चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्।

SHARE