ओली नै प्रधानमन्त्री बन्ने पक्का

0
235
फाइल फोटो

बैशाख ३०,२०७८ काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्णायक बैठक बोलाएर सरकार गठनको दावीबाट पछि हटेका छन्।

बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिन लागेका बेला उनीहरु पछि सरेका छन्। यससँगै अब एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुनस् सरकार बन्ने लगभग पक्का भएको छ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि वैकल्पिक सरकार गठनको दावी गर्दै राष्ट्रपति समक्ष दावी प्रस्तुत गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको जसपा तत्काल पछि सरेका हुन्।

एमाले अध्यक्ष ओली र एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालबीच वार्ता भएपछि नेपालसम्बद्ध सांसदहरुले पूर्व घोषित कार्यक्रम अनुसार आज दिने भनिएको राजीनामा नदिने भएका थिए।

SHARE