शनिबार ३३७ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु

0
294

चैत २८,२०७७ काठमाडौं : नेपालमा थप ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ लाई परीक्षण गरिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ। बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन्।

नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ। यस्तै, कोरोनाबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ रहेको छ।

SHARE