ओली सरकारले नैतिक र राजनीतिक आधार गुमाइसक्यो : कांग्रेस

0
323

चैत २१
काठमाडौं : नेपाली कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेको छ। पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कमिटीको बैठकको ७ बुँदे निर्णय सार्वजनिक गरेका हुन्।

कांग्रेसको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णयसमेत गरेको थियो।

नपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ वैशाख १७ गते सम्पन्न बैठकले केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाइसकेको ठहर गरेको थियो। त्यसपश्चात् पनि निरन्तर संविधानविरोधी र जनविरोधी क्रियाकलाप वर्तमान सरकारले जारी राख्योु विज्ञप्तिमा भनिएको छ, प्रतिनिधिसभा विघटन गर्ने कदमलाई नेपाली कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फको कदम ठहर गरेको थियो।

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि कांग्रेसले राजीनामा माग गर्नुको साथै आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। ​

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा चैत्र २० गते शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकले देहायका प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ—

९१० नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ बैशाख १७ गते सम्पन्न बैठकले केपी ओलीले नेतृत्व गर्नुभएको वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको ठहर गरेको थियो । त्यस पश्चात पनि निरन्तर संविधान विरोधी र जनविरोधी क्रियाकलाप वर्तमान सरकारले जारी राख्यो । प्रतिनिधि सभा विघटन गर्ने कदमलाई नेपाली कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद तर्फको कदम ठहर गरेको थियो । सम्मानित सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ, साथै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ ।

९२० नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिद्वारा प्रस्तुत क्रियाशील सदस्यता सम्बन्धी प्रस्तावित सुझाव सहितको संशोधित कार्यतालिका देहाय बमोजिम रहेको छ—

९ग० ९१० एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि—

९२० एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि— २०७७ चैत्र ३० गते भित्र ।

९घ० नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि— २०७८ वैशाख १० गते भित्र ।

९ङ० नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि— २०७८ जेठ १७ गते भित्र ।

९पुरानै कार्यतालिका बमोजिम०

९३० अन्य राजनीतिक दल समायोजन सम्बन्धमा—

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कार्तिक २०, २०७५ को बैठकको निर्णय अनुसार उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित “अन्य राजनीतिक दल समायोजन समिति” को चैत्र २०, २०७७ को बैठकले, अन्य राजनीतिक दलबाट नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका नेता तथा सदस्यहरुको समायोजन सम्बन्धमा गरेको निर्णय सम्बन्धी प्रस्ताव समितिका संयोजक उपसभापति विमलेन्द्र निधिद्वारा कार्यसमितिको बैठकमा प्रस्तुत भई सर्वसम्मतीले पारित भएको

छ ।

९४० म्यानमारमा सैनिक कू को विरुद्धमा तथा लोकतान्त्रिक प्रणाली पुनस्र्थापना सन्दर्भमा—

लोकतान्त्रिक पद्धतिमार्फत निर्वाचित सरकारलाई फेब्रुअरी १ गते म्यानमारको सेना प्रमुखले कू गरी अलोकतान्त्रिक, अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी शासन–सत्ता स्थापना गरेको तानाशाही प्रवृत्तिले लोकतान्त्रिक प्रणाली, मूल्य–मान्यता र नागरिकका मौलिक अधिकारप्रति गम्भीर आघात परेकोले म्यानमारको सैन्य कू को नेपाली कांग्रेसले घटना लगतै निन्दा र विरोध प्रकट गरिसकेको छ । आजको बैठक म्यानमारको कू र पछिल्लो बर्बर दमनको घोर भत्सर्ना गर्दछ ।

हालसम्म ५०० भन्दा बढी नागरिकको हत्या गरि ५००० भन्दा बढी नागरिकहरूलाई गैर कानुनी रुपमा सैनिक हिरासतमा राखिनु अत्यन्तै दुःखद छ । त्यसैले, लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाद्वारा निर्वाचित सरकारलाई तत्काल पुनर्बहाली गर्न प्रजातन्त्रवादी नेतृ एवं नोवेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी सहित बन्दी बनाईएका राजनीतिक दलका नेता तथा लोकतन्त्रका लागि संघर्षरत सम्पूर्ण स्वतन्त्रता प्रेमी म्यानमारका नागरिकहरुलाई अविलम्ब विना शर्त रिहाइ गर्दै लोकतान्त्रिक प्रणाली पुनःस्थापित गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।

विश्वको कुनै पनि भूगोलमा भएका स्वतन्त्रता, नागरिक अधिकार, लोकतन्त्र, विधिको शासन, मानव अधिकारको आन्दोलनलाई नेपाली कांग्रेसले स्थापनाकालदेखि नै समर्थन गर्दै आएको स्मरण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र म्यानमारको लोकतान्त्रिक आन्दोलन तथा नेपाली कांग्रेस र आङ साङ सुकीको नेशनल लिग फर डेमोक्रेसी बीच घनिष्ठ सम्बन्ध रहेको तथ्य समेत स्मरण गर्दै जारी लोकतान्त्रिक आन्दोलनप्रति पूर्ण समर्थन तथा ऐक्यबद्धता व्यक्त गर्दछौं । यसै गरी लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारको रक्षाका लागि म्यानमारमा भईरहेको आन्दोलनको पक्षमा दृढतापूर्वक समर्थन तथा सैनिक कू को भत्सर्ना गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरू, संयुक्त राष्ट्र संघ, मानव अधिकारवादी अन्तराष्ट्रिय संघ–संगठन र सम्पूर्ण लोकतान्त्रिक देश र पार्टीहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।

९५० केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्रस्तुत

९क० नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको समायोजन सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको प्रतिवेदन कार्यसमितिको बैठकमा प्रस्तुत गरिएको थियो ।

९ख० नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको कार्य प्रगति विवरण बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

९६० नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक मा। राधेश्याम अधिकारीले समितिको संयोजक पदबाट दिनु भएको राजीनामा स्वीकृत गरिएको छ । समितिको संयोजकको जिम्मेवारीमा रहेर उहाँले आजसम्म पु¥याउन भएको सक्रिय योगदानको सह्राहना गर्दै कार्यसमितिको यो बैठक धन्यवाद प्रकट गर्दछ ।

शोक एवं समवेदना

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका पूर्व सभापति, संविधान सभा सदस्य एवं विराटनगर नगरपालिकाका पूर्व प्रमुख अशोक कोइरालाको चैत्र ५ गते, नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा। भुपेन्द्रबहादुर खड्काको फागुन २५ गते, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिपक गिरीको ८३ वर्षीय पिता एवं प्रजातन्त्र सेनानी लोकमणि गिरीको फागुन २२ गते, नेपाली कांग्रेसका नेता स्व। सीके प्रसाईकी धर्मपत्नी गिरिराजकुमारी प्रसाईको चैत्र १० गते, नेपाली कांग्रेस चितवनका महासमिति सदस्य, पूर्व सचिव एवं पूर्व सांसद एकनास रानाभाटको फागुन १० गते, नेपाली कांग्रेस झापाका पूर्व सांसद डा। शंकरप्रसाद उप्रेतीको फागुन १५ गते, धनुषाका संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको चैत्र १६ गते, नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको फागुन ७ गते, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य एवं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार तमर राईको फागुन २८ गते, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीका जिल्ला सदस्य एवं पूर्व कोषाध्यक्ष रामसेवक रायको फागुन २० गते, धनुषाका महाधिवेशन प्रतिनिधि विमला साहको फागुन २३ गते, नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका आमन्त्रित सदस्य एवं नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंका उपसभापति ईश्वरकृष्ण घिमिरेको फागुन २६ गते, वरिष्ठ पत्रकार सुशील शर्माको फागुन २८ गते, पर्सा जीराभवानी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार महादेव महतोको चैत्र २० गते, पर्साका महासमिति सदस्य साविर हुसेन, गोरखा जिल्ला नेपाली कांग्रेस पालुङटार नगरपालिका वडा नं। ९ कार्यसमितिका वडा सभापति तेजबहादुर थापाको चैत्र ६ गते र गोरखा नगरपालिका वडा नं। ११ का पूर्व वडा सभापति बिलबहादुर आलेको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।

बैठकमा धारणा व्यक्त

आजको बैठकमा नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु— बलबहादुर के।सी।, फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, अजयकुमार चौरसिया, शंकर भण्डारी, गगनकुमार थापा, रामकृष्ण यादव र डा। डिला संग्रौलाले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यसमितिको अर्को बैठक

केन्द्रीय कार्यसमितिको बैठक २०७७ फागुन २७ गते शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

जय नेपाल ।

कृष्णप्रसाद पौडेल

SHARE