नेपालले जित्यो त्रिदेशीय कप

0
379

चैत १६,२०७७ काठमाडौं : त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ। आज दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ हराएको छ। पहिलो हाफमा लिएको २ गोलको अग्रता जोगाउँदै नेपालले उपाधि आफ्नो हातमा बनाएको हो।

साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका थिए। त्यसैगरी पहिलो हाफकै ४३ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए।

तर दोस्रो हाफमा बंगलादेशले १ गोल फर्कायो। गोल गरेसँगै बंगलादेशले दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको थियो।

SHARE