बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु

0
422

चैत १४
चितवन : भरतपुर महानगरपालिका –२२ पकौडीमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ।

भरतपुर–माडी–ठोरी चल्ने सडक खण्डको पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुबाहक बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ४ प ७०८२ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा​ उक्त दुर्घटना भएको हो।

साँझ करिब साढे ६ बजेतिर भएको उक्त दुर्घटनामा भरतपुर–६ गितानगर बस्ने अनुमानित ४५ वर्षीय स्कुटर चालक मोहन अधिकारी, उनको छोरी १७ वर्षीया बिनिसा र मोहनको भतिजी १७ वर्षीया दिबिसाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । ठक्करबाट घाइते भएका तीन जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ बजे मृत्यु भएको उनले बताए।
थाहाबाट

SHARE