गुल्मीदरबारले ९ जना युवाहरुलाई डोजर अपरेटर तालिमका लागि काठमाडौँ पठायो

0
383

तिलाचन पाण्डे
चैत १,२०७७ गुल्मी : जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ९ जना युवाहरुलाई डोजर अपरेटर तालिमका लागि काठमाडौँ पठाएको छ ।
युवाहरुलाई सीपमुलक तालिम प्रदान गरि आत्म निर्भर बनाउनका लागि गाउँपालिकाले ९ जना युवाहरुलाई सबै ब्यबस्थापन गरि काठमाडौँ पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी युवाहरु छनोट गरी खाने , बस्ने ,यातायात भाडा र एक महिनाको तालिमको सबै ब्यबस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । युवाहरुलाई स्वदेशमानै टिकाई राख्न , स्वदेशमानै स्वरोजगारको ब्यबस्था गरी आत्म निर्भर बनाउनका लागि युवाहरुलाई सीप प्रदान गर्न लागिएको पाण्डेले बताए ।
सीप सिक्न जाने युवाहरुलाई अबसरको भरपुर प्रयोग गर्न र ब्यबहारमै लागु गर्नका लागि गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले आग्रह गरे । गाउँपालिकाले लिएको उद्येश्यलाई पुरा गर्नका लागि युवाहरुको भूमिका महत्वपुर्ण हुने भएकाले युवाहरुबाट गाउँपालिकाले धेरै बिश्वास र आशा गरेको उनले बताए ।
सीप सिक्न जाने युवाहरुलाई गाउँपालिकाले टीका र खादा लगाई सफलताको शुभकामना सहित काठमाडौँ पठाएको हो ।
गुल्मीदरबार गाउँपालिकाले कोरोनाका कारण स्वदेश तथा बिदेशबाट फर्केका युवाहरुलाई बिभिन्न सीपमुलक तालिम , ब्यबसायीक रुपमा कृषि पशुपालनमा लगाउने जनाएको छ । उनीहरुलाई अनुदान ,उपकरणहरुमा अनुदान र बाँझो जग्गाको सदुपयोगका लागि कार्य अगाडी बढाएको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

SHARE