नेकपाको सरकारले जनताको मतको अपमान गरेको नेता भण्डारीको आरोप

0
430

सूर्य सुनार गुल्मी : नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले वर्तमान नेकपाको सरकारले जनताको मतको अपमान गरेको आरोप लगाएका छन् ।
। संसद विघटन विरुद्ध गुल्मीको भेलालाई सम्बोधन गदै भण्डारीले यस्तो बताएका हुन् विश्वमा चुनाबद्धारा कम्युनिष्टनआएको कुरा उल्लेख गरे । तर नेपालमा भने दुई तिहाइ मत आयो मतको सदुपयोग गर्न नसक्ने सरकारले जनताको आकंक्षा कुरा गर्न नसक्ने उल्लेख गरे ।
नेकपाका नेताहरुले अहिले सडकमा आन्दोलन गरिरहेका छन् । उनिहरुलाई कुनै प्रकारको क्षति हुदैन क्षतिहुने भनेको जनताका छोराछोरीहरु हो त्यस कारण नेकपाको विश्वास नगर्न समेत नेता भण्डारीले आग्रह गरे।
कम्युनिष्टहरु विकास विरोधी भएको पनि उनले आरोप लगाए । गुल्मीका जनताहरुले सिद्धबाबाको पहिरोका कारण ज्यान गुमाउन बाध्य छन् । तर सरकारमा पुगेर मन्त्री बनेकाले केही चासो नदिइएको उल्लेख गरे । सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि सरकारले जनचाहनअनुसार काम गर्न नसकेको नेता भण्डारीले आरोप लगाए ।
नेपाली काँग्रेसका नेता चन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको आरोप लगाए ।
नेकपाको आन्तरिक विवादका कारण वर्तमान सरकारले देशको संविधान धरापमा पारेको बताए । संविधानको रक्षाको लागि नेपाली काँग्रेसले विरोद्ध गर्न परेको बताए ।
हामीले राजा फाल्यौँ, राणा पनि फाल्यौँ अब कम्नियुष्ट फाल्ने वेला आएको नेता केसी बताए । नेपाली काँग्रेसका पाला लिइएको संविधान अहिले अस्पतालको भेन्टिलेटरमा रहेको बताए ।

नेपाली कांगे्रसका नेता भुवन प्रसाद श्रेष्ठले सरकार जनताको अभिभावक बन्न नसकेको बताए । बहुदलिय प्रतिस्पर्धामा व्यवस्था माथि नै प्रश्न उठेको बताए । मुलुक बन्दी बनेको कुरा उल्लेख गदै सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको बताए । वर्तमान सरकारले भ्रष्टाचारीहरुको संरक्षण गरेको समेत आरोप लगाए ।
नेपाली कांगेसका नेता भगतसिह खङका, वेदबहादुर थापा, विष्णु बलाल लगाएतका नेताले वर्तमान सरकारले संविधानको संरक्षण गर्न नसकेको आरोप लगाए ।
जनतालाई विकास र समृद्धि दिने समयमा असंवैधानिक तरिकाले संसद विघटन गर्नु दुखको विषय भएको उल्लेख गरेका थिए ।

SHARE