प्रचण्ड पनि सडकमा निस्किए

0
288

माघ २२,२०७७ काठमाडौं : आम हड्ताल सफल बनाउन नेकपाका अध्यक्ष प्रचण्ड पनि सडकमा निस्केका छन्।

सातदोबाटोमा प्रदर्शनकारीबीच प्रचण्डले केहीबेर नाराबाजी गरेका थिए। उनले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुल बाँधेर निस्केका छन्।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन्। नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन्। ​

SHARE