नेकपा ओली समूहको केन्द्रीय कमिटीको स‌ंख्या १५०१

0
37

पुस २७,२०७७ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय कमिटी संख्या १५ सय १ पुगेको छ।

गत पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटीको संख्या बढाएको पार्टी केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जनाकारी दिए। यसअघि गत पुस ७ गते बालुवाटारमा बसेको ओली पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो।

यही पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ। केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपांं) को अन्तरिम विधान २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ।

यो संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १५ सय १ सदस्यीय भएको छ। त्यस्तै अन्तरपार्टी निर्देशनमा रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ।

SHARE