सहायकमन्त्री चढेको गाडी दुर्घटना, ५ जना घाइते

0
283

पुस २०,२०७७ बर्दियाः बर्दियामा सवारी दुर्घटना हुँदा पूर्वसहायक जलस्रोत मन्त्री विनोद कुमार शाहसहित ५ जना घाइते भएका छन्।

घाइते हुनेमा शाह, जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख लक्ष्मी शाह, पूर्वजिविस उपसभापति सूर्यबहादुर शाही, पदम माझी र सवारी चालक घाइते भएका हुन्।

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा२१च २७४६ नम्बरको गाडी रत्न राजमार्गको मौरे खोलामा दुर्घटना भएको हो। रत्न राजमार्गको चिसापानी–बबई खण्डको बाँसगढी नगरपालिका–१ मौरे खोलामा जिप खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका इन्चार्ज लोकन्द्र मल्लले जानकारी दिए। सो इलाका बर्दिया जिल्ला प्रहरीको कार्यक्षेत्र भित्र पर्दछ।

पूर्व सहायक जलश्रोत मन्त्री विनोद कुमार शाही र लक्ष्मी शाह दैलेख ठाँटिकाँध गाउँपालिका–१ का बासिन्दा हुन्। लक्ष्मी विनोद शाहकी धर्मपत्नी हुन्। पूर्वजलस्रोत सहायक मन्त्री शाह सहितको टोली काठमाडौंदेखि फर्कँदै गरेको अवस्थामा सवारी दुर्घटना भएको हो।

SHARE