संसद् विघटनविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गर्ने

0
415
फाइल फोटो

पुस २०,२०७७ काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ।

कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, माघ ८ गते स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

जिल्ला समितिले आफ्नो अनुकूल तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनले आआफ्नो आवश्यकता र अनुकूलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ।

त्यसैगरी बैठकले २०७५ कार्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए।

बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मसान्तसम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले जनाए।

SHARE