प्रधानमन्त्रीको भारत भ्रमण कार्यक्रम तय भएको छैन : मन्त्री ज्ञवाली

0
390

पुस ११,२०७७ काठमाडौं : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कार्यक्रम तय नभएको बताएका छन्।

जनवरीमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने कुरा भए पनि मिति तय नभएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले भने, ‘भारतीय विदेश सचिव आएपछि आउँदो जनवरीमा परराष्ट्रमन्त्री स्तरमा वार्ताका लागि नेपालबाट जाने कुरा भए पनि मिति तय भइसकेको छैन।’

नेपालमा राजनीतिक संकट भइरहेका बेला प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका भन्ने समाचार प्रकाशित भएका थिए। प्रधानमन्त्रीको भ्रमणबारे आएका समाचार हल्लाका रुपमा मात्र लिन पनि मन्त्री ज्ञवालीले आग्रह गरे।

SHARE