कुनै गुटको प्रबक्ता नभइ नेकपाको प्रवक्ता हुँ : प्रबक्ता श्रेष्ठ

0
363
फाइल फोटो

पुस ७,२०७७ काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै गुटको प्रवक्ता नभएको बताएका छन् ।

बबरमहलमा बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको थियो। मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीपकुमार ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

SHARE