प्रम ओली र अध्यक्ष दाहालबीच दुई पटकको छलफलपछि स्थायी कमिटी बैठक सुरु

0
390
:yfoL sld6L a}7ssf7df8f}F, !^ c;f/ M k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ :yfoL sld6Lsf] a}7sdf k|wfgdGqL tyf g]skfsf cWoIf s]kL zdf{ cf]nL, csf{ cWoIf k'iksdn bfxfn …k|r08Ú nufot ;xefuL . t:jL/M rG›snf If]qL÷/f;;

पुस १,२०७७
काठमाडौं : करिब तीन घण्टा लामो विवाद र छलफलपछि बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच दुई पटकसम्मको छलफलपछि स्थायी कमिटी बैठक सुरु भएको हो।

दिउँसो १ बजे बस्ने भनिएको बैठक अपरान्ह ४ बजे सुरु भएको हो। यो बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन्। १ बजे बस्‍ने भनिएको बैठक अघि अध्यक्ष दाहाल र ओलीबीच एक घण्टा लामो छलफल भएको थियो।

जहाँ ओलीले दाहाललाई आफूविरुद्ध सचिवालयमा पेश गरिएको आरोपपत्र फिर्ता लिए मात्रै बैठकमा सहभागी हुने अडान लिएका थिए। ओली(दाहाल संवाद सकिएलगत्तै भीमबहादुर रावल र पम्फा भुसालसहितका सांसद करिब ८० जनाको हस्ताक्षर लिएर राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए।

तर शीतल निवासले उनीहरुको निवेदन दर्ता नै नगरी फर्काइदिएको थियो। स्थायी कमिटी रोकिएकै अवस्थामा दाहाल फेरि ओलीसँग संवादका लागि पुगेका थिए। जहाँ प्रचण्डको प्रस्ताव र ओली सरकारले ल्याएको अध्यादेश दुवै फिर्ता गरेर समझदारी बनाउने प्रयास भएको थियो। थाहाबाट

SHARE