बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ

0
252

मंसिर १९,२०७७ बैतडी :पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट १० किलो चरेशसहित एकजना पक्राउ परेका छन्। बिहीबार राति ११ बजे बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

धामीलाई सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको हो। झोलामा चरेश लिएर पैदल आइरहेका बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

धामीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ

SHARE