सचिवालय बैठकमा गएनन् प्रधानमन्त्री ओली, २० गते फेरि बस्‍ने

0
318

मंसिर १७,२०७७
काठमाडौं :सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक केही बेर बसेर सकिएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सचिवालय बैठक केही मिनेट बसेर सकिएको हो।

एकजना अध्यक्ष ओली बैठकमा नगएपछि कार्यकारी अध्यक्षसहितको सचिवालय बैठकले २० गते फेरि बस्‍ने निर्णय लिएको हो। यसँगै भोलि बस्‍ने भनिएको स्थायी कमिटी बैठक पनि सरेको छ।

SHARE