नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्ने

0
311
फाइल तस्बिर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ।

यसअघि पार्टी मुख्यालयमा बस्ने तय भएको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको हो। बालुवाटारमा दिउँसो १ बजे सचिवालय बैठक बस्ने तय भएको सचिवालयका एकजना सदस्यले थाहाखबरलाई जानकारी दिए।

उनले भने, सचिवालय बैठक बालुवाटारमा निर्धारित समयमै बस्ने छ।ु बैठकमा कात्तिक २८ गते सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन र प्रधानमन्त्री ओलीले १३ गतेको बैठकमा फर्काएको प्रतिउत्तरको बारेमा छलफल हुनेछ।

नेकपाका अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने पक्षमा छन्। तर, प्रधानमन्त्री ओली सचिवालयमा नै छलफल गर्नुपर्ने पक्षमा छन्। थाहाबाट

SHARE