तलब माग गर्दै शिक्षकले लगाए ताला

0
553

मंसिर ८,२०७७

कञ्चनपुर : सामुदायिक विद्यालयका शिक्षकहरुले तलब माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका छन्। माध्यमिक तथा आधारभुत तहमा शिक्षण सिकाइ सहयोग अनुदानअन्तर्गत कार्यरत अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरुले तालाबन्दी गरेका हुन्।

अनुदानका लागि विनियोजन भएको बजेट शैक्षिक सत्रको आठ महिना बितिसक्दा पनि निकासा नहुँदा तालाबन्दी गर्नु परेको शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष बलवीर सिंह भण्डारीले बताए। तलब पाउन नसक्दा दशंै तिहारमा रितो हात बस्नु परेको उनले दुखेसो पोखेका छन्

SHARE