
मंसिर ३,२०७७ काठमाडौं : नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै छ।
दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रेष्ठले पूर्व निर्धारित समय अनुसार नै बालुवाटारमा बैठक बस्ने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठककै समयमा मन्त्रिपरिषद बैठक बोलाएका थिए। सचिवालय बैठक र मन्त्रिपरिषद बैठक एकै पटक पर्ने भएकोले मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारिएको बालुवाटार स्रोतले जनाएको छ।







