नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

0
328

काठमाडौँ २८ कार्तिक : सशस्त्र प्रहरी बल नेपालले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।
सिरहाको गोलबजार गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–१२ बस्ने २५ वर्षीय धिरज यादव, सञ्जय यादव र कल्याणपुर नगरपालिका–७ बस्ने २४ वर्षीय विम्लेन्द्रकुमार नायक रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट बरामद भएको रकम सबै हजारका नोट मात्रै छन् ।
गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेशले विरेन्द्र महतोको घरमा विगत केही मिहनादेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट एउटा ल्यापटप र मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ

SHARE